जनकपुरधाम : मधेश प्रदेश सरकारले जेठ २१ गते प्रदेश सरकारको आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहका अनुसार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने बताए।नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने भएको छ।प्रदेश सरकारको बहुचर्चित छोरी शिक्षा बिमा कार्यक्रमलाई पनि प्रदेशको नीति तथा कार्यक्रममा ल्याउन लाग