राजनीतिक तटस्थताको भाष्य

गएको साता केही अमेरिकी टेलिभिजनहरूले सत्ताबाट बिदा हुँदै गरेका आफ्ना राष्ट्रपति ट्रम्पको प्रत्यक्ष प्रसारण बोल्दाबोल्दै काटे । हुन पनि ट्रम्पको लगातारको अनियन्त्रित अभिव्यक्तिले उहाँको पदीय मर्यादा पटक्कै राख्न सकेको छैन र उहाँ संसारलाई नयाँ दृष्टान्त प्रस्तुत गर्दै हुनुहुन्छ । यही क्रममा उहाँले जनमत र निर्वाचन प्रक्रियाकै बेवास्ता र अपमान गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयोे– मैले चुनाव जितेँ । तर, ट्वीटरले नै उहाँको ट्वीटको मुनि नोट राखिदियो, विविध स्रोतहरूले यो चुनावलाई अर्कै ढङ्गले चित्रण गरेका छन् । अनि त्यही नोटमा क्लिक गर्दा बाइडेनले निर्वाचन जितेको समाचारमा पुगिने प्रबन्ध गरिदियो । राष्ट्रपति कार्यालयको बाहिर जाने ढोका अगाडि पुग्नुभएको ट्रम्पका अभिव्यक्तिहरूले राजनीतिमा शक्तिसँगै आधिकारिकता स्थापित हुने पत्रकारिताको सामान्य मान्यता लोकतन्त्र संस्थागत भएको मुलुकमा भने खण्डित पनि हुन सक्ने प्रस्ट देखाएको छ । अप्र्रिmकाका कैयन पिछडिएका मुलुकमा निर्वाचन हारेपछि शक्ति परिचालन गरेर सत्तामा टिकिरहने शासकहरू देखिएका थिए । त्यसैले कुनै कमजोर लोकतन्त्र भएको मुलुकमा भएको भए ट्रम्पको अवस्था अर्कै हुने थियो । ट्रम्पले सामाजिक सञ्जालमा एक–एक पङ्तिको अनियन्त्रित आक्रोश व्यक्त गरिरहेकै बेला पूर्वराष्ट्रपति बाराक ओबामाले भने उहाँप्रतिको सारा क्रोधलाई आफ्नो पुस्तकमा व्यवस्थित रूपमा उन्नुभएको छ । सामाजिक सञ्जालमा अन्धाधुन्ध लेखेरमात्र आफ्नो कुरा स्थापित हुँदैन भन्ने कुरा उहाँको पुस्तकले एक साताभन्दा कम समयमा पाएको वाहवाहीबाटै प्रस्ट भएको छ । एकातिर ट्रम्प, जो हारेको चुनावमा मैले जितेँसम्म लेख्नुहुन्छ । उहाँको लेखाइले ट्वीटरलाई नै लाज लाग्छ, ट्वीट हटायो भनेर रोइकराइ गर्लान् भनेर हुन सक्छ, उहाँलाई झनै नाङ्गो बनाउनेगरी टिप्पणी थपिदिन्छ । अर्कोतिर ओबामा, जो चार वर्षको मेहनतपछि सात सय पृष्ठको आफ्नो आत्मकथा लिएर आउनुहुन्छ । इतिहासलाई मूल्याङ्कनको दायित्व सुम्पेर जनताका सामु आफ्नो वृत्तान्त पस्कनुहुन्छ । टाइविना कोट लगाएको हँसिलो अनुहार आवरणमा समेटिएको छ । आवरणको अन्तरनिहित सन्देश प्रस्ट छ, उहाँ आफ्नो सरल र सामान्य छवि देखाउन चाहनुहुन्छ ।

सम्बन्धित सामग्री

निराशा : एक भाइरल भाष्य

यो देश साँच्चै निराशाको गर्तमा चुर्लुम्म डुबेकै हो ? यो प्रश्न जति सामान्य लाग्छ, त्यति छैन । यसले असामान्य अवतार धारण गरिसक्यो । त्यसो त आशा/निराशा दुवै अनुभूति स्वाभाविक छन् र शाश्वत पनि । खास परिस्थितिमा आशा वा निराशा पैदा हुनु अस्वाभाविक हुँदै होइन । यद्यपि ध्यान दिनुपर्ने कुरा यो छ कि निराशाको भाव एउटा कुरा हो भने भाष्य बिलकुल अर्कै । भाव शाश्वत हुन्छ तर भाष्य राजनीतिक जिनिस हो ।

‘वित्तीय शोषण’ को भाष्य र आन्दोलनका कुरा

सरकारको विरोध हुनसक्छ । राजनीतिक दलहरूको कार्यशैलीको विरोध हुनसक्छ । तर; राज्य, लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरूको अस्तित्व र वैधानिकतामाथि नै प्रश्न गर्न थालियो भने हामी वैधानिक संकटतर्फ अग्रसर हुनेछौं । जसले अराजकतालाई निम्त्याउँछ ।

पुराना राजनीतिक दलहरू सबै बेठीक हुन् भन्ने भाष्य तयार गरिएको छ : रमेश लेखक

काठमाडाैँ – नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरू सबै बेठीक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् ।  बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठीक हुन् भन्ने किसिमले प्रायोजि...

पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको छ : लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उनले व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको दाबी गरे ।

नेपाली समाजमा फैलिंदा हानिकारक भाष्यहरू

'राष्ट्रिय गौरवका आयोजना' यस्तै एउटा गलत भाष्य हो । के ठूला आयोजना मात्रै मुलुकका राष्ट्रिय गौरवका आयोजना हुन् ? उसो भए, जनजीविका जोडिएका अर्थपूर्ण साना आयोजना के हुन् ?

‘भोट ट्रान्सफर’को गलत भाष्य

लोकतान्त्रिक संसदीय शासन व्यवस्थाको सुन्दरता भनेकै आवधिक निर्वाचन र दलबीचको स्वच्छ प्रतिस्पर्धा हो । नेपालको संविधान २०७२ जारी भएपश्चात् सम्पन्न संघ र प्रदेशको दुवैपटकको निर्वाचनमा राजनीतिक दलहरूले एकल सामथ्र्यका आधारमा प्रतिस्पर्धा...

मःम मिश्र

काठमाडौँ- बिबिसीमा राजनीतिक दलका नेताहरूलाई खरा प्रश्न सोधेर चर्चामा आएपछि राजनीतिमा होमिएका रवीन्द्र मिश्रले त्यस ताका सबैभन्दा धेरै भजाएको शब्द हो, ‘मःम’ । नेपालीहरूको औषत बानी धेरै कुरा हेर्ने तर पुरानै कुरा अँगाल्ने प्रवृत्ति हो । जुन कुराको हेक्का मिश्रलाई थियो । त्यो केवल उनले हेक्का राखेनन् । त्यसलाई नेपालको नयाँ राजनीतिक भाष्य बनाए । […]

स्थानीय चुनाव, वितृष्णा र स्वार्थको भाष्य

वर्तमान चुनावी शैलीले नै स्वार्थको बीजारोपण गरेको प्रतीत हुन थाल्दा सचेत जनतामा वैकल्पिक शक्तिप्रतिको चाख तीव्र रूपमा बढेकै हो । चुनावले विगत र वर्तमानसँग आगतसँग गाँस्न सुझाउँदै छ । चुनावी परिणामलाई लगाइने अनुमानमध्ये काठमाडौँको लडाइँ निकै नै रोचक हुने देखिन्छ । जनतामा बढेको राजनीतिक वितृष्णा र सिद्धान्त बिर्सने दलीय शैलीलाई नियाल्दा भरतपुर पनि चर्चामा चुलिएको […]

एमाले दस्तावेजमा ओलीले स्थापित गर्न चाहेको तीन भाष्य

७ असोज, काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन असोज १५–१७ सम्म गोदावरीमा आयोजना हुँदैछ । उक्त विधान महाधिवेशनमा प्रस्तुत गर्ने गरी पार्टीले ६९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको मस्यौदा छलफलमा ल्याएको छ । दस्तावेज भनेको भाषिक लालित्य नभएर सिङ्गो पार्टी र देशलाई अगाडि बढाउने भिजनसहितको तत्कालीन र रणनीतिक दिशानिर्देश हो । भनिन्छ– गल्ती स्वीकार […]

राजनीतिक स्थायित्वले सुधार्न नसकेको अर्थतन्त्र

वर्तमान सरकारले अघिल्लो सरकारका गल्ती तथा कमजोरीबाट पाठ सिक्दै जिम्मेवार तथा पारदर्शी सरकार सञ्चालन गर्न सके मात्र नागरिकले विश्वास गर्नेछन् र अर्थतन्त्रले फड्को मार्नेछ । विगतका वर्षमा नेपालमा राजनीतिक स्थायित्व भएन, त्यसै कारण अर्थतन्त्रले पनि फड्को मार्न सकेन भनेर बनाइएको भाष्य लगभग चार वर्षमा परिवर्तन भएको छ । नेपाल विकास नभएको राजनीतिक स्थिरता नभएका कारण […]