‘बार्सिलोनामा एउटा चक्र पूरा भयो, अब ठूलो परिवर्तन हुन्छ’

यस सिजनको अन्त्यसँगै बार्सिलोनामा ठूलो परिवर्तन ल्याउने वाचा क्लबका अध्यक्ष जोआन लापोर्टाले गरेका छन् । बार्सिलोना यस सिजन ला–लिगा उपाधिको दौडबाट बाहिरिइसकेको छ । त्यसकारण प्रमुख प्रशिक्षक रोनाल्डो कोम्यानमाथि दबाब पनि बढिरहेको छ । यस सिजन लिगमा बार्सिलोनाले अन्तिम खेल खेल्न बाँकी छ र सम्भवत  शनिबार हुने इबरविरुद्धको त्यस खेलपछि प्रशिक्षक कोम्यान टिमसँग अलग हुन पनि सक्छन् ।‘नतिजा र प्रदर्शनलाई आधार मानेर सिजनको अन्त्यमा मुल्याङ्कन गर्नेछु भनेर मैले पहिल्यै भनिसकेको छु,&rsqu