काठमाण्डाै - गण्डकी प्रदेशमा आज आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । शनिवार मात्रै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको गण्डकीमा यसअघिकै सरकारले बनाएको नीति तथा कार्यक्रममा सामान्य परिवर्तन मात्रै गरेर पेस गर्ने तयारी भएको हो ।
बिहान ११ बजे प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नीति तथा कार्यक्रमबारे टुङ्गो लगाउने र दिउँसो ३ बजेको लागि डाकिएको संसद बैठकमा पेस गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेका पृथ्वीस...