दशैंको मुखमा आन्तरिक उडानमा थपियो विकल्प, गुण एयरलाइन्सले थाल्यो उडान

१ असोज, काठमाडौं । नजिकिँदै गएको दशैं-तिहार लगायतका चाडपर्वमा काठमाडौंबाट हवाईमार्गबाट विभिन्न गन्तव्यमा जाने यात्रुलाई एक विकल्प थपिएको छ । सिम्रिक एयरलाइन्स नामबाट चलिरहेको वायुसेवा कम्पनीको स्वामित्व परिवर्तन पछि बनेको गुण एयरलाइन्सले नयाँ व्यवस्थापनसहित उडान शुरु गरेको हो । साविकको सिम्रिकसँग मात्र २ वटा बिचक्राफ्ट जहाज थिए । सो कम्पनीले यति एयरलाइन्सका पाँच वटा जेट्स्ट्रीम […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीनसँगै भद्रपुर उडानकाे सुरुवात

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडासँगै भद्रपुर उडानकाे सुरुवात गरेको छ । बिहीबार राति नै झापाको भद्रपुरबाट बुद्धको जहाज पोखरा आएको थियो । जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका थिए । यसअघि पोखरामा रात्रिकालीन उडान...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीनसँगै भद्रपुर उडानकाे सुरुवात

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडासँगै भद्रपुर उडानकाे सुरुवात गरेको छ । बिहीबार राति नै झापाको भद्रपुरबाट बुद्धको जहाज पोखरा आएको थियो । जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका थिए । यसअघि पोखरामा रात्रिकालीन उडान...

वायुसेवा कम्पनीहरूले भने- राति ८ बजेपछि उडान गर्न सकिँदैन

वायुसेवा संचालक संघले राति ८ बजेपछि आन्तरिक उडान हुन नसक्ने बताएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ समयावधि बढाएर १८ घण्टा पुऱ्याउन भन्दै वायुसेवा कम्पनीहरुलाई पत्र पठाएको थियो । संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सलाई राति ८ बजेपछि पनि उडानको व्यवस्था मिलाउन प्राधिकरणले पत्र पठाएको थियो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन हुँदै

वैशाख ४, काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिइएको छ ।  यसैगरी मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिए ।  उनका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान शुरु गर्नेछन् । अन्तरराष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि शुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।  यसैगरी अर्को ठूलो अन्तरराष्ट्रिय विमानस्थल पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दशैंसम्ममा उक्त विमानस्थलबाट पनि अन्तरराष्ट्रिय उडान गर्ने गरी काम शुरु भएको बताइएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तरराष्ट्रिय उडान शुरु गरिने महानिर्देशक अधिकारीले बताए ।  उनले भने, ‘हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महीनामा सक्ने लक्ष्य राखेका छौँ ।’ नेपालमा कोरोना भाइरस करीब करीब अन्त्य हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई २४सैं घण्टा सञ्चालन गर्ने योजना बनाएको छ । रासस

सेप्टेम्बरमा २१ ओटा एयरलाइन्सबाट ३ लाख ८७ हजार यात्रुले गरे उडान

कात्तिक ३, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावित भएको आन्तरिक उडान क्षेत्रका लागि सेप्टेम्बर महीना उत्साहप्रद देखिएको छ ।  सेप्टेम्बर महीनामा यात्रुको संख्यामा उल्लेख्य वृद्धि देखिएसँगै एक महीनाकै अवधिमा ३ लाख ८७ हजारभन्दा बढि यात्रुले हवाइयात्रा गरेका छन् ।  आन्तरिक उडान गर्दै आएका विभिन्न २१ ओटा एयरलाइन्स कम्पनीहरुबाट उक्त अवधिमै ३ लाख ८७ हजार ५७९ जना यात्रुले उडान गरेका छन् । यद्यपी यो संख्यामा भीभीआईपी उडानका यात्रु संख्या पनि छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार सेप्टेम्बर १ तारिखदेखि ३० तारिखसम्ममा आन्तरिक उडानका जहाज तथा हेलिकप्टरहरुबाट उक्त संख्यामा यात्रुहरु आवतजावत गरेका हुन् ।  दशैंजस्ता चाडपर्व, सडक यातायातमा देखिएको अवरोध र कोभिडको संक्रमणकै बीचमा पनि हवाई यात्रा सहज र सुरक्षित हुँदा यात्रुको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो । कार्यालयको तथ्यांकअनुसार काठमाडौंबाट बाहिरिने र भित्रने यात्रुको संख्यामाभने उल्लेख्य वृद्धि छैन । उक्त अवधिमा काठमाडौंबाट बाहिरीने यात्रुको संख्या १ लाख ९४ हजार ९५७ रहेको छ, भने काठमाडौं भित्रनेको संख्या १ लाख ९२ हजार ६२२ रहेको छ ।  उक्त अवधिमा कुल ७ हजार ९५० ओटा उडानबाट ती संख्याका यात्रुहरुले यात्रा गरेका हुन् । यसैगरी यो अवधिमा सबैभन्दा बढि यात्रुलाई सेवादिने कम्पनीमा साविककै बुद्ध एयर परेको छ । उक्त कम्पनीले १ महीनाको अवधिमा नै कुल २ लाख २० हजार ८९६ जना यात्रुलाई सेवा दिएको छ ।  निजी क्षेत्रको अर्काे प्रतिस्पर्धि एयरलाइन्स कम्पनी यती एयरलाइन्सबाट भने कुल ८४ हजार २७५ जना यात्रुले यात्रा गरेका छन् । एक महीनाको अवधिमा उडान गर्ने तथा यात्रुलाई सेवा दिने कम्पनीमा निजी क्षेत्रकै श्री एयरलाइन्स कम्पनी पर्छ । उक्त कम्पनीले सो अवधिमा ५९ हजार ९०९ जना यात्रुलाई सेवा दिएको छ । यस्तै सौर्य एयरलाइन्सले भने यो अवधिमा १४ हजार १३७ जनालाई सेवादिएको छ ।  सरकारी लगानीको नेपाल एयरलाइन्सबाट भने जम्मा १ हजार ९०७ जनाले यात्रा गरेका छन् । हालै गुण ब्राण्डबाट सञ्चालन माआएको गुण एयरलाइन्स नै यो अवधिमा कुल ८४ पटक उडान अवतरण गर्दा कुल १ हजार २१३ यात्रुलाई सेवादिएको छ । यसैगरी हेलिकप्टर कम्पनीहरु हेलीएभरेष्ट, अल्टीच्युड, कैलाश, प्रभु, मनाङ, माउन्टेनलगायतका कम्पनीहरुले पनि सेवा दिएका छन् ।  आन्तरिक उडानमा अहिले बुद्ध, यती, श्री, सौर्य एयरलाइन्स प्रतिस्पर्धि देखिए पनि बुद्ध एयरबाट भने उल्लेख्य यात्रुले सेवा लिएका छन् ।

दशैंतिहारमा हवाई कम्पनीको उपहार योजना :  ७० % भन्दा बढी बुकिङ

असोज २०, काठमाडौं । दशैंतिहारलाई लक्षित गरेर हवाई कम्पनीले विभिन्न अफर, छूटको प्याकेज सार्वजनिक गरिरहेका छन् । दशैंमा त्यसै पनि भरिभराउ हुने हवाई उडान यात्रुको मागका आधारमा उडान संख्या थपेर भए पनि सेवा सञ्चालनमा तम्तयार छन्, वायुसेवा कम्पनीहरु पनि ।             ठूला एयरलाइन्सको दशैंका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको छ । दशैंका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले बताएका छन् । शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि निकै इच्छुक छन् । सडक मार्गको अवस्था राम्रो नभएको र गन्तव्यमा पुग्न निकै झन्झट बेहोर्नु पर्ने बाध्यताले यात्रुले थोरै रकम महङ्गो भए पनि हवाई यात्रा नै रोज्छन् ।             आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दशैं बिजनेसका लागि साबिकको उडान संख्या बढाएर यात्रुको मागअनुरुप सेवासुविधा विस्तारमा जुटेका हुन् । ठूला एयरलाइन्सले विभिन्न अफरहरु पनि सार्वजनिक गरेका छन् ।             यतीको स्कुटरदेखि हिरा जित्ने मौका             यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले दशैंतिहार योजनाअन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने बताएको छ । उक्त अभियानमा प्रथम विजेतालाई यामाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म यती एयरलाइन्समार्फत उडान गर्ने सम्पूर्ण यात्रुमा लागू हुनेछ ।             अग्रिम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले बताएको छ । ३४ दिनसम्म चल्ने यस दशैंतिहार योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमन्डले प्रायोजन गरेकोे हो ।             हर्षोल्लासका साथ मनाइने नेपालीको महान् चाडहरुमा यती एयरलाइन्समार्फत यात्रा गर्ने सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गरिएको र यात्रुहरुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून् भन्ने उद्देश्य रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।             अफर कसरी प्राप्त गर्ने ?           यतीको दशैं अफरमा सहभागी हुनका लागि एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा सुरक्षा जाँच गरी भित्र छिर्ने क्रममा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा एउटा मात्र कुपन पाइनेछ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फीमै दुई ओटा कुपन पाइने बताइएको छ । अर्थात् एकैपटक दुईतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले चार ओटा ‘लक्की ड्र’ कुपन पाउनेछन् ।          असोज २१ देखि कात्तिक २४ गतेसम्म भरिएका कुपनहरुलाई सङ्कलन गरी गोलाप्रथामार्फत प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत सार्वजनिक गरिने यती एयरलाइन्सले बताएको छ । हाल यतीले पाँच ओटा एटीआर–७२ विमानमार्फत विभिन्न आठ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।             बुद्धको विशेष अफर             आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले पनि आफ्ना ग्राहकका लागि विशेष आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पनि भएकाले दशैंतिहारका लागि अफर नभनी विशेष अफर सार्वजनिक गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीको यही असोज २५ गते पर्ने वार्षिकोत्सवलाई लक्षित गरेर यात्रुका लागि अफर बनाएको छ । मोबाइल एपबाट टिकट खरीद गर्दा ‘लक्की ड्र’ मार्फत निःशुल्क टिकट उपलब्ध गराइरहेको छ । हरेक गन्तव्यबाट काठमाडौं फर्कंदा रिटर्न टिकट निःशुल्क दिइनेछ । अफर योजनाअन्तर्गत हरेक दिन दुईजनालाई निःशुल्क टिकट दिइनेछ । यो योजना अगष्ट १ देखि ११ तारिखसम्म कायम गरिएको कम्पनीले बताएको छ ।             बुद्ध एयरले अहिले दैनिक १४० भन्दा बढी उडानमार्फत करीब ८  हजार जना यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीको दशैंको बुकिङ ७० प्रतिशतभन्दा बढी छ । दशैंमा यात्रुको मागबमोजिम उडान थप गर्नका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिने कम्पनीको भनाइ छ ।             बुद्ध एयरले थप नयाँ एटीआर जहाज भित्र्याउँदै             आन्तरिक उडानको सबैभन्दा बढी जहाज र उडान हिस्सा ओगट्ने अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरसँग अहिले १३ थान एटीआरसहित १५ थान जहाज छन् । कम्पनीको १६औं जहाज आगामी डिसेम्बर महीनाभित्रै नेपाल भित्रिने बताएको छ । बुद्धले १४औं एटीआर जहाज भित्र्याउन लागेको हो । एटीआर–७२ जहाज भित्रिएपछि प्रमुख गन्तव्यको उडानमा सहजता हुने कम्पनीले विश्वास लिएको छ ।             यता श्री एयरलाइन्सले पनि आफ्ना छ ओटा जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । दशैंमा यात्रुको मागअनुरुप उडान सङ्ख्या बढ्नसक्ने कम्पनीले बताएको छ । गुण एयरलाइन्सले पाँच ओटा जहाजमार्फत सेवा सञ्चालन गरिरहेको छ । पर्यटकीय याम पनि भएकाले हेलिकप्टरको उडानमा पनि चाप बढेको छ ।             दशैंमा कुन एयरलाइन्सका कति उडान ?             सामान्य अवस्थाभन्दा दशैंमा एयरलाइन्सको उडान चाप हुन्छ । यात्रुको सङ्ख्या अत्यधिक भएपछि कम्पनीले उडान सङ्ख्या थपेर भए पनि सेवा दिन्छन् । यो पटकको दशैंमा पनि हवाई यात्रुको अत्यधिक चाप हुने एयरलाइन्सको भनाइ छ ।   एयरलाइन्सका अनुसार हवाई उडान सङ्ख्या बढेसँगै विमानस्थलको आन्तरिक उडानमा समस्या आएको छ । क्षेत्रीय हब विमानस्थलमा स्लट व्यवस्थापन नहुँदासम्म यो समस्या कम नहुने एक एयरलाइन्सका अधिकारीको बुझाइ छ । अहिले बुद्धको १४०, यतीको करिब ५०, श्री एयरलाइन्सको १६ र सौर्यको आठ तथा गुणलगायत एयरलाइन्सको उडान सङ्ख्या पनि बढेको छ ।     राति ९ बजेसम्म उडान             काठमाडौं विमानस्थल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुन्छ । काठमाडौंबाट छुटेका जहाज गन्तव्य पुगेर फर्कंदा राति ८ः३० देखि ९ः१५ बजेसम्म समय लाग्छ । यसरी हेर्दा आन्तरिक उडान पनि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ । विशेषगरी क्षेत्रीय हब विमानस्थल रात्रिकालीन उडान योग्य भएकाले पनि उडान व्यवस्थापनमा सहजता आएको विमानस्थलको भनाइ छ ।             सामान्य अवस्थामा भन्दा दसैँका बेला दैनिक १० देखि १५ उडान सङ्ख्या बढ्न सक्ने विमानस्थलले बताएको छ । अहिले आन्तरिकतर्फ दैनिक करीब ३०० ओटा उडान भइरहेको छ । रासस

गुण एयरलाइन्सको उडान शुरु, यस्तो छ यात्रुहरुको प्रतिक्रिया

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेटस्ट्रिम सहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिस्पर्धा गर्नका लागि नआएको बताए । उनले एयरलाइन्सले कोरोना मह