वायुसेवा संचालक संघले राति ८ बजेपछि आन्तरिक उडान हुन नसक्ने बताएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ समयावधि बढाएर १८ घण्टा पुऱ्याउन भन्दै वायुसेवा कम्पनीहरुलाई पत्र पठाएको थियो । संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सलाई राति ८ बजेपछि पनि उडानको व्यवस्था मिलाउन प्राधिकरणले पत्र पठाएको थियो ।