प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्यालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
प्रदेश सरकारबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे ।
सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक म्...