विराटनगर। प्रदेश–१ सरकारलाई युएनडीपी र युएसएआइडीको सुआहारा परियोजनाले ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। प्रदेशका सामाजिक विकासमन्त्री उषाकला राईलाई ती सामग्री हस्तान्तरण गरिएको हो। युएनडीपीकातर्फबाट ६० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले बताए। युएसएआइडीबाट पीपीई सेट, सर्जिकल मास्क,सेनिटाईजर सहयोग प्राप्त भएको छ।