नेपाली सेनाको सहायक सेनानीमा भर्ती खुल्यो (विज्ञापनसहित)

काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ। सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो। जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ। महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ। बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको […]

सम्बन्धित सामग्री

रुसी सेनामा नेपालीहरू भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थाल्योः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा नेपाली भर्ती भएको विषय सरकारको कमाण्डमा आउन थालेको बताएका छन्। बुधवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले नेपाली सेना रुसी सेनामा भर्ती भएको विषयमा सरकारले रुस सरकारसँग कुराकानी गरिरहेको बताए। उनले पहिले नेपाली रुसी सेनामा भर्ती भएको विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै थाहा […]

नेपाली सेना बनाइदिन्छु भन्दै ४ लाख ठगी गर्ने एक पक्राउ

नेपाली सेनामा भर्ती गराइ दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘नेपालीलाई भारतीय सेनामा भर्ती हुने वातावरण मिलाईयोस्’

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरुलाई भर्तिको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । महासंघ नेपालका अध्यक्ष कर्नल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरुको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरुको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो  बताएका हुन् । उनले राज्यले आफ्नो हितमा भएको कुरा किन लागु नगरेको भन्दै गुनासो पोखे । राज्यले लिएको नीतिको कारण नेपाली युवाहरु ठूलो मारमा परेको उनको भनाई छ । महासंघ नेपालले सन् १९४७ मा नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सन्धीअनुरुप हालसम्म भारतीय सेनामा रहेको गोरखा सैनिकमाथि कुनै प्रकारको विभेद नरहेको पनि स्पष्ट पारेको छ । यस्तै, महासंघ नेपालले भारतले आफ्नो सेना सुदृढीकरण योजनाअन्तर्गत ल्याएको अग्निपथ योजना कुनै जाति, धर्म, क्षेत्रविशेष या गोरखा भर्तीमा मात्र केन्द्रित नभई सम्पूर्ण देशभरिन नै लागु हुने भारतको सदन र सरकारले पास गरेको राष्टिय योजना भएको जनाएको छ। महासंघले अग्निपथ भर्ति कार्यक्रमबाट नेपाललाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हुने फाईदाहरुको पनि प्रकाश पारेको छ । उक्त अग्निपथ भर्ति योजनाअन्तर्गत दुई देशबीच रहँदै आएको सौहार्दपुर्ण सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्यत पुग्ने कुरामा विश्वस्त रहेको पनि महासंघको भनाई छ ।  महासंघले नेपाली युवाहरु १७, १८ वर्षको उमेरमा भारतको अग्निपथ योजनाअन्तर्गत भर्ती भएकाहरु ४ वर्षपछि अवकाश पाउँदा २१/२२ वर्षको हुने र ती युवाहरुलाई नेपाली सेना तथा प्रहरमिा भर्ती गरी तालिम खर्च र तालिमको समय पनि बचाउन सकिने उल्लेख गरेको छ । कार्यक्रममा महासंघ नेपालका कर्नल विजयकुमार राईले जतिसक्दो उक्त भर्तिलाई सुचारु गरिनुपर्ने माग गरे । अहिले भर्ति रोकियो भने १२ देखि १३ हजार नेपाली युवाहरुको भारतीय सेनामा भर्ति हुने सपना अधुरो हुने उनको भनाई । उनले यसरी भर्ति रोक्नु गलत हुने धारणा राखे ।

चार हजार जवान भर्ती गर्दै नेपाली सेना

नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो ।