काठमाडौं। विपक्षी गठबन्धनमा रहेका दलनिकट विद्यार्थी संगठनहरुले आज काठमाडौं उपत्यकामा सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने भएका छन्। नेवि संघ,अखिल (क्रान्तिकारी), माधव नेपाल निकट अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन्।कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विरोध प्रदर्शन गरिने विद्यार्थी नेताहरुले बताएका छन्।यसअघि बसेको विपक्षी गठबन्धनको बैठकले सरकारविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो।