प्रतिगमनको विरोधमा विद्यार्थी संगठनहरुले जलाए पुतला (तस्बिरहरु)

काठमाडौँ– प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाइएको छ। विपक्षी गठबन्धन निकट विभिन्न विद्यार्थी संगठनले काठमाडौँको नयाँ बानेश्वरमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्। संसद विघटन गरेर प्रतिगामी काम गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो। पटक–पटक संसद विघटन गरेर संविधान विरोधि गतिविधि गरेको भन्दै उनीहरुले […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीको विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन आज पनि

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले बिहीबार माईतीघर मण्डलामा राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। नेपाली कांग्रेस...

मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच त्रिचन्द्र कलेज अगाडि झडप

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो। नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज…

त्रिचन्द्रका विद्यार्थी भवन पुनःनिर्माण नभएको भन्दै विरोधमा उत्रिए

काठमाडौं, ३१ जेठ । देशकै सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । कलेजको जीर्ण भवनको पुनःनिर्माण नभएको भन्दै विद्यार्थीहरु ‘सेभ त्रिचन्द्र’ भन्दै विरोधमा उत्रिएका हुन् । आजदेखि विद्यार्थीहरुले घण्टाघर अगाडी बसेर सडकमा अध्ययन गर्ने बताएका छन् । नेपाल विद्यार्थी संघले आज बिहान साढे ९ बजे सडकमा बसेर विरोध जनाएको हो । विद्यार्थीहरुले ‘शिक्षा […]

पाकिस्तानको पेशावरमा विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा प्रदर्शन

पेशावर । पेशावर सहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा गत शुक्रबार विरोध र्‍याली गरेका छन् । विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका विद्यार्थीले प्रदर्शनमा भाग लिएका थिए । प्रदर्शनकारीहरूले विद्यार्थी युनियनहरूको पुनर्स्थापनाको माग गरेका छन् । विद्यार्थी नेता कासिम खानले मार्शल लबाट विद्यार्थी युनियनलाई प्रतिबन्ध लगाएको भए […]

मूल्यवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनले आयल निगमलाई दियो संकलित रकम

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमलाई रकम हस्तान्तरण गरेको छ ।  संयुक्त विद्यार्थी संगठनले ‘भ्रष्ट आयल निगमलाई कमिसन स्वरुप’ भन्दै रकम संकलन गरेका थिए ।  उनीहरूले संकलित रकम आज हस्तान्तरण गरिएको अनेरास्ववियूका नेता हर्कबहादुर बमले जानकारी दिए ।  कार्यक्रममा नेकपा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू, माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जनता समाजवादी पार्टी नेपाल सम्बद्ध समा...

मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित विद्यार्थी सङ्गठनको प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका छन् । आज (आइतबार) काठमाडौँ भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी सङ्गठनले प्रदर्शन गरेका हुन् । संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा […]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्कवृद्धि, विरोधमा पाँच विद्यार्थी संगठन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि पाँच विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् । विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि जिल्लामा क्रियाशील विद्यार्थी संगठन विरोधमा रहेका हुन्...