भारत र चीनका सैनिकहरूबीच पोहोर साल भिडन्त भएपछि भारतले सीमाक्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।
अरुणाचल प्रदेशमा यी दुई देशबीचको तनाव चर्किने लक्षण देखिएको छ ।
तिब्बतसँग जोडिएको अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ । सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा चीनले केही समयका लागि अरुणाचलमा कब्जा गरेको थियो ।
अहिले दुवै देशका सैनिकले अर्काको नियन्त्रणमा रहेको क्षेत्रमा गश्ती गर्ने गरेका छन् । चीनले सीमा नजिक स्थायी संरचना बनाएको आरोप भारतले लगाएको छ ।
‘चिनियाँ क्षेत्रमा पूर्व...