नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६० नंको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।...