जनकपुरधाम- सर्लाहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। हरिवन नगरपालिका वडा नम्बर- ९ बस्ने ५० वर्षीय रामचन्द्र रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सोमबार बिहान ४ बजेको समयमा हरिवन १० नयाँरोड चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा मिर्चैयाबाट हेटौँडातर्फ जाँदै गरेको ना ८ ख ८२६७ नम्बरको गहुँलोड भएको ट्रकले पैदलयात्री ठक्कर दिएको थियो। रायमाझीको […]