पाल्पामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्री ५९ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको हो । ग २ ख ३३५ नम्बरको ट्रकले पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोक रोकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।ठक्करबाट घाइते भएका रोकाको उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटन