जीवनदर्शन : लक्ष्यमा पुग्न ध्यान दिनुपर्ने केही कुरा

जीवनमा कतिपय विषय वा समस्या यस्ता हुन्छन्, जुन वास्ता गर्नै लायक हुँदैनन् । कतिपय विषय वा समस्या यस्ता हुन्छन, जसको वास्ता गर्न थाल्दा मुख्य विषय वा लक्ष्यमा ध्यान दिनै भ्याइन्न वा पाइन्न । अझ कतिपय विषय वा समस्या यस्ता हुन्छन्, जसलाई भाउ दिन थाल्दा वा जसको वास्ता गर्न थाल्दा समस्या बढेर निकै भयावह बन्न पुगिरहेको हुन्छ । उदाहरणका लागि घाउ वा चोटलाई नै लिन सकिन्छ । कतिपय मानिसमा कुनै घाउचोट लाग्यो भने सानै किन नहोस् त्यसलाई मसार्ने, सुमसुम्याउने, कोट्याउने वानी हुन्छ । कतै भाइबहिनीहरूले पनि

सम्बन्धित सामग्री

दिगो विकास लक्ष्यमा परिवार योजना: चुनौती चिरौं, लगानी बढाउँ

दिगो विकासको लक्ष्यलाई केन्द्रमा राखेर हेर्दा परिवार योजनामा दुई वटा कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ प्रजनन दरको कुरा गर्नु पर्दा हामी २ दशमलब १ मा छौं। जनसंख्या स्थिर रहनु वा घट्नुलाई पनि कुन दृष्टिकोणले हेर्ने भन्ने कुरा पनि छलफलका विषय हुन्।

मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत

काठमाडौ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब तीन अर्ब मानिसले सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो समय देखिएको भूराजनीति तथा अर्थतन्त्रको आपूर्ति शृङ्खलामा आएको अवरोधले खाद्य सुरक्षाको चिन्ता बढाएको छ । यसै सन्दर्भमा हालै छिमेकी मुलुक भारतले पनि आगामी निर्वाचनलाई मध्यनजर गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले रु ३६ अर्ब ६६ करोड बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ । विश्वभर खाद्यसङ्कट निम्तन सक्ने सम्भावित जोखिम र नेपालले आफ्नै भूमिमा उत्पादन बढाएर धान चामलमा आत्मनिर्भरताको बाटोमा अघि बढ्न हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन अपरिहार्य भइसकेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलायइन्स व्यवसायमा सफल वीरेन्द्रबहादुर बस्नेत कृषिकर्ममा लागेका छन्  । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले मोरङको डाँगिहाटमा रु ५० करोडभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणयुक्त ‘आरजु राइस मिल’ सञ्चालनमा ल्याएका हुन  ।  कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन । नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्‍याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनि कृषि क्षेत्रमा लागेका हुन । किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई स्वदेशी गुणस्तरीय चामल विभिन्न देशमा समेत पुर्‍याउने उद्देश्यले कृषिमा हामिएको भन्दै उनले यसबाट बढ्दो खाद्य सङ्कट समाधानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना छ । “बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ”, रासससँगको कुराकानीमा कार्यकारी अध्यक्ष बस्नेतले भने, “यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरुलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।” लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उनको भनाइ छ । “हाम्रो परिवार ३५/३६ वर्षदेखि कृषि क्षेत्रमै छ । बुध्द एयर शुरु गर्नुभन्दा अघिको परिवारको मुख्य पेसा नै कृषि थियो”, उनले भने । व्यावसायिक खेती हुन नसक्नु आजको ठूलो समस्या भएको भन्दै बस्नेतले जलवायु परिवर्तनका कारण पनि धानखेतीका लागि चुनौती थपिएको उल्लेख गरे । उनले भने, “धान उत्पादनमा ह्रास आएको छ । धानको सङ्कट चुलिँदै गएको मैले अनुभव गरेको छु र वास्तविकता पनि त्यस्तै छ ।” पर्यटन पूर्वाधार, होटल, बैंक तथा वित्तीय संस्था, ऊर्जा, शिक्षा र सूचना प्रविधिमा ठूला–ठूला लगानी भएका छन् तर, कृषि प्रधान देश नेपालमा कृषिलाई प्राथमिकता दिन नसकिरहेको अवस्थामा आफू यसको आवश्यकता महसुस गर्दै विभिन्न चुनौतीका बाबजुद कृषिमा होमिएको उनिको भनाइ छ । “हामी नपाली किसानको मात्रै धान खरिद गर्छौं”, उनले भने, “निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्नु हाम्रो २० वर्षे योजना पनि हो ।” कृषि विभागका अनुसार नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकोमा कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यद्यपि अझै पनि मुलुकमा १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ । “खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्य आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं”, बस्नेतले भने, “अहिले जसरी भारतले चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्य सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।” बस्नेतको बुझाइमा भारतले कुनै दबाब सिर्जना गर्न चामल निर्यात प्रतिबन्ध गरेको होइन । जलवायु परिवर्तनका कारण विश्व खाद्य कार्यक्रमजस्ता विश्व प्रसिद्ध सङ्गठनले खाद्यान्न सङ्कट आउने प्रक्षेपण गरिरहेका छन् ।  जलवायु परिवर्तनका कारण पर्याप्त पानी नपरेकाले धान उत्पादन कमजोर भएको छ । बेमौसमी वर्षा हुनेजस्ता कारण धान उत्पादन कमजोर बन्दै गएको उनिको बुझाइ छ । यो समस्या अर्को वर्ष अझ बढ्ने छ । अघिल्लो वर्ष पनि भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०८० साउन ६ गतेसम्म मुलुकभर ६८ प्रतिशत रापाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८८ प्रतिशत रोपाइँ भएको थियो । मुलुकलाई खाद्यान्न विशेष गरी चामलमा आत्मनिर्भर बनाउन निर्वाहमुखी किसानलाई व्यवसायमुखी बनाउन जरुरी भएको व्यवसायी बस्नेतले उल्लेख गरे । मुलुकमा चामलको सङ्कटलाई समाधान गर्न नेपालनै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले अत्याधुनिक राइस मिल सञ्चालन गरिएको उनले बताए ।  “चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्ने चामलको भाउ बढ्दैन, किन भने हामीलाई भारतको निर्णयले असर गर्दैन”, उनले भने, “किसानसँगै धान किनेर चामल सस्तो मूल्यमा उपभोक्तामाझ लगिरहेका छौँ । त्यसैले गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।”  उनिका अनुसार ठूलो लगानीमा अत्याधुनिक मिल खोलेर किसानबाट धान पनि खरिद गरिए पनि बजार व्यवस्थापनमा निकै चुनौती भने कायमै छ ।–सिबी अधिकारी, रासस

लक्ष्यमा पुग्न स–साना कुरामा पनि ख्याल राख्नुहोस

एजेन्सी, १० भदौ । काम गर्दा स–साना कुरामा पनि ध्यान दियौं भने मात्र लक्ष्य पूरा हुन सक्छ । साना–साना कुराहरूलाई बेवास्ता गरिरहनुभयो भने साधारण कामहरू पनि गाह्रो हुनेछन्। यदि लक्ष्य ठुलो छ भने हामी हरेक पल सचेत हुनुपर्छ र लापरवाह हुनु हुँदैन। हामीले हनुमानबाट ठूला कामहरू कसरी पूरा गर्न सकिन्छ भनेर सिक्न सक्छौं। हनुमान र […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज नेपाल र युएई भिड्ने

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । &nbs

एसीसी महिला टी-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उप विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । &nbs

धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए समृद्धिको अर्थ छैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताएका छन् ।अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भने, “वातावरणीय पक्षमा ध्यान दिन नसकिए विकास हुनुको मात्रै कुनै अर्थ हुँदैन । मानिस निरोगी रहन सकेनन् भने समृद्धिलाई उनीहरूले उपयोग गर्न सक्दैनन् ।” उनले आफू सरकारको नेतृत्वमा रहँदा सन् २०२० मा ‘हिमाल र वा

धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए समृद्धिको अर्थ छैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धर्ती र मानवजातिको संरक्षण गर्न नसकिए विकास र समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला सङ्घले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “वातावरणीय पक्षमा ध्यान दिन नसिकए विकास हुनुको मात्रै कुनै अर्थ हुँदैन । मानिस […]

शिक्षाको लगानी धानको ब्याड बनाउनु जस्तै हो : शिक्षाविद् कोइराला

शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसरी ब्याडको बीउबाट धेरै धान उत्पादन गर्ने लक्ष्य हुन्छ, शिक्षाको लक्ष्यमा पनि उस्तै हुनुपर्ने बताए । उनले बाल शिक्षाको महत्वको बारेमा पनि प्रष्ट पार्दै बालमैत्री कक्षाकोठा, शिक्षिकालाई उचित लगायतका विषयमा योजना आयोगले ध्यान नदिएको पनि उल्लेख गरे । त्

सहरी विकासमन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् ।सोमबारमन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । मन्त्री झाँक्रीले मन्त्रालय र भवन निर्माण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर […]