लक्ष्यमा पुग्न स–साना कुरामा पनि ख्याल राख्नुहोस

एजेन्सी, १० भदौ । काम गर्दा स–साना कुरामा पनि ध्यान दियौं भने मात्र लक्ष्य पूरा हुन सक्छ । साना–साना कुराहरूलाई बेवास्ता गरिरहनुभयो भने साधारण कामहरू पनि गाह्रो हुनेछन्। यदि लक्ष्य ठुलो छ भने हामी हरेक पल सचेत हुनुपर्छ र लापरवाह हुनु हुँदैन। हामीले हनुमानबाट ठूला कामहरू कसरी पूरा गर्न सकिन्छ भनेर सिक्न सक्छौं। हनुमान र […]

सम्बन्धित सामग्री

खोपमा जनताको पहुँचमा जोड

कोभिड–१९ को विरुद्ध लगाइने खोपमा जनताको पहुँच बढाउनुपर्ने औँल्याइएको छ । प्रतिनिधि र राष्ट्रियसभाका सदस्यले एकापसमा समन्वय गरेर अगाडि बढ्न सकेमा विकासले छिट्टै अग्रता लिने जनाएका हुन् । पछाडि पारिएका समुदाय र वर्गलाई पनि समाजमा अग्रता ल्याउन बल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।           राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘कोभिड–१९को स्वास्थ्यमा प्रभाव र सरकारको भूमिका भ्याक्सिन योजना’ सम्बन्धमा प्रदेशसभाका सदस्यसँग अन्तक्रिया कार्यक्रममा सहभागीले सो धारणा राखेका हुन् । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कार्यक्रमको उद्घाटन गर्दै मानव पूँजीको रुपमा रहेको सभ्यता र मर्यादालाई जनप्रतिनिधिले बिर्सन नहुने बताउनुभयो ।           उहाँले ‘स्वच्छ र समुन्नत’ प्रदेश बनाउन विकासमा सिपालु जनप्रतिनिधिले दिगो विकासमा केन्द्रित भएर काम गर्नुपर्ने सुझाव दिँदै विकास गर्दा स्वास्थ्य र वातावरणको स्वास्थ्यतामा ख्याल गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । प्रादेशिक लक्ष्यमा सांसदले विशेष ध्यान दिनुपर्ने भन्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको वस्तुगत आवश्यकतामा जनप्रतिनिधि गम्भीर हुनुपर्छ भन्नुभयो ।