डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभाका सदस्य खगराज भट्टले ५ वर्षभित्र गाली सुन्नु नपर्ने गरी काम गर्नुपर्ने बताएका छन्। सोमबार शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमा उनले ५ वर्ष जनतामाझ जाँदा गालीको वर्षा सुन्नु नपर्ने गरी सदनले काम गर्नुपर्ने बताएका हुन्।‘चुनाव जितेर हामी आइसकेपछि ५ वर्ष जनताको बीचमा जाँदा गालीको वर्षा सुन्नु नपर्ने, आलोचनाको भुमरीमा फस्न नपर्ने र नेताहरूप्रति आक्रोश र घृणाका आवाजहरू धेरै मात्रामा सुन्नु नपर्ने परिस्थिति यो सदनले आफ्नो दायित्