कुनैबेला सुदूरपश्चिम प्रदेशमा माओवादी भनेकै लेखराज भट्ट र लेखराज भनेकै माओवादीजस्तै थियो । एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा सर्वोच्च अदालतको फैसलासँगै खारेज भएपछि लेखराज भट्ट एमालेतिर लागे । त्यसपछि माओवादीमा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी लिएर खगराज भट्ट मैदानमा उत्रिए ।२०७४ सालको चुनावमा माओवादीले सुदूरपश्चिमका १० स्थानीय तह जितेको थियो । तर खगराज नेतृत्वमा आएपछि सुदूरपश्चिममा माओवादीले १४ स्थानीय तह जितेको छ । लेखराज नेतृत्वमा हुनुभन्दा आफू नेतृत्वमा आएपछि पार्टी संगठन बलियो भएको खग