काठमाण्डाै - सडक निर्माणमा ढिलाइ गर्दा सास्ती खेप्नु परेको भन्दै स्थानीय बासिन्दाले ललितपुरको हरिसिद्धि–बाडेगाउँ–गोदावरी सडक खण्ड ठप्प पारेका छन् ।
पछिल्लो समय भत्केर यो सडक खण्ड हिँडिनसक्नु छ । यस सडकअन्तर्गत हरिसिद्धि, ठैब र बाडेगाउँ कालोपत्रेका लागि काम गर्दा गर्दै ठेकेदारले छोडेपछि हिलाम्य बनेको हो ।
एकातिर सडकका खाल्डाका कारण गाडी चलाउन कठिन भएको छ भने पैदलयात्रुलाई पनि हिँड्न गाह्रो भएको छ । निर्माण सुरु भएको पाँच वर्ष नाघिसक्दा पनि निर्माणाधीन गोदावरी सडकको सुरुको खण्...