काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए । उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।
१३ वैशाख, काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७ औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आइतबार ललितपुरको सानेपास्थित …