काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव बुधबार साँझ सिभिल अस्पताल भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ। उपराष्ट्रपति यादवलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ साढे सात बजे भर्ना गरिएकाे हाे।
बाराको साविक कचोर्वा गाविस ८ बसवरिया गाउँमा जन्मिएका यादव तत्कालिन मधेसी जनाधिकार फोरम पार्टीको स्थपनाकालदेखि नै राजनीतिमा सक्रिय व्यक्ति हुन्।
बसवरिया गाउँको सामान्य परिवारमा जन्मिएका यादवले २०४८ सालदेखि शिक्षण पेशामा आवद्ध...
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामसहाय यादव संसदीय दलको नेतामा सर्वसम्मत् चयन भएका छन् । यसअघि जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई नै संसदीय दलको नेता बन्ने चर्चा थियो । राईले संसदीय दलको नेतामा चाहना पनि गरेका थिए तर उम्मेदवारी दिने बेला उनले रामसहाय यादवलाई नै समर्थन गरे । स्रोतका अनुसार मंगलबार बसेको संसदीय दलको बैठकमा पनि उनले आफू संसदीय दलको नेताका लागि मरिहत्ते गर्ने होइन तर पार्टीले जिम्मेवारी दिए आफू त्यसका लागि तयार रहेको धारणा राखेका थिए । संसदीय दलको नेता बन्ने च
काठटमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका छन्।यादव सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन्। दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो। तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा चयन गरिएको हो।
काठमाडौं, मंसिर १० । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका छन् । संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यादवले १३ हजार आठ सय २३ मत पाएका छन भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ […]
वीरगञ्ज- बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय यादव विजयी भएका छन्। उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ३५४ मतान्तरका साथ विजयी भएका हुन्। यादवले १३ हजार ८२२ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार रामकिशोर यादवले ११ हजार ४३ मत पाए। […]
१० मंसिर, काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । जसपाका यादवले १३ हजार ८२३ मत पाए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद […]