काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ।मंगलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो। पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीवबल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए।आइतवार पार्टीले अध्यक्ष पदबाट रविन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बाँस्कोटा र