काठमाडौं। जीवन विकास लघुवित्तले आजदेखि सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ)को बिक्री खुलाएको छ। कम्पनीले कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सार्वसाधारणको लागि छुट्याएको छ। आईपीओमाा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ।