उत्कृष्ट कर्पोरेट सम्मान अन्तर्गतको यस वर्षको सम्मान सिद्धार्थ हस्पिट्यालिटी ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।
रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ। महोत्सवले स्थानीय किसानमा उत्साह थपेको छ। चौँरीगाईपालन व्यवसायको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सवमा चौँरीको दूध, चीज, दही, छुर्पीलगायत परिकारको प्रदर्शन तथा बिक्री […]
खबरहबकर्मी टीम बुधबार दिउँसो सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा पुगेको थियो । सत्संगको भवन बल्खुदेखि दक्षिणकाली जाने सडकतर्फ लाग्दै गर्दा त्रिभुवन विश्वविद्यालयको मुख्य गेटको ठ्याक्कै विपरीत बागमती नदी किनारमा अवस्थित छ । गाडीबाट झरेर सत्संग प्रवेश गर्दै गर्दा त्यहाँ एक हुल सशस्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी र सत्संगका स्वयंसेवक हामी नजिकै आए । उहाँहरूसँगै त्यहाँ […]
सुदूरपश्चिम– कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६ वर्षदेखि फरार प्रतिवादीलाई कैलाली प्रहरीको टोलीले पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–११ का ५९ वर्षीय काले कामीलाई सोही ठाउँबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। विसं २०५६ असार ११ गतेदेखि फरार रहेका कामीलाई सोही ठाउँमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो […]