शुभकला राई, ओखलढुंगा । एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा आसन्न प्रतिनिधिसभा निर्वाचनमा चुनावी सरगर्मी बढेको छ । विगतका निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका पुराना उमेदवारको सट्टामा यसपटक अधिकांश नयाँ अनुहार चुनावी प्रतिष्पर्धामा रहेका कारण पनि यहाँको चुनावी प्रतिष्पर्धालाई चासोपूर्वक हेरिएको छ । लामो समयदेखि कांग्रेस नेता रामहरि खतिवडा र एमाले नेता यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धामा केन्द्रित […]
आर्थिक कूटनीतिमार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनाव लड्ने घोषणासँगै सर्लाही क्षेत्र नम्बर ४ चर्चामा छ। २०७० सालको संविधानसभा निर्वाचनयताका तीन चुनावमा लगातार जितेको काठमाडौँ ४ छाडेर थापा यसपालि तराई झरेका छन्। मानव विकास सूचकांकमा कमजोर रहेको मधेस प्रदेशमा सर्लाही जिल्लामै सबैभन्दा पिछडिएको क्षेत्रमा पर्छ, थापाले उम्मेदवारी दिएको सर्लाही ४। यो क्षेत्र […]
इटहरीको कस्तुरी एकेडेमी कक्षा सातमा अध्ययनरत छात्रा प्रनिशा न्यौपानेको समूहले संकलन गरेर प्रदर्शनमा राखेका सामग्रीप्रति विहीबार उपस्थित अभिभावक तथा आगन्तुक पाहुनाको ध्यान तानेको थियो ।