व्यवसायीलाई प्रचण्डको आश्वासनः साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ
प्रधानमन्त्री प्रचण्डले भने, “मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।”
परराष्ट्रमन्त्री डा. आरजु राणाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार तथा प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
काठमाडौं। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले पदबहालीको भोलिपल्टै आन्दोलनरत व्यवसायीलाई छलफलका लागि बोलाएका छन्। राष्ट्र बैंकले ब्याजबाटै साढे ३३ अर्ब रुपैयाँ कमाएको छ। नेपाल–चीन जोड्ने ४०० केभी प्रसारणलाइनको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम शुरु भएको छ। नेपालमा विश्वप्रसिद्ध भोड्का ब्रान्ड स्मिरनोफको उत्पादन सुरू भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् । बुधबार निजी क्षेत्रका विभिन्न संगठनहरुसँगको छलफलमा मन्त्री बडूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुहरुको अभाव र अत्यधिक मूल्य बृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास बिक्रेतालग
भक्तपुर चेम्बर अफ कमर्सले शनिबार उद्यमी व्यवसायीका लागि कोभिड १९ विरुद्धको बुस्टर डोज खोप कार्यक्रम सञ्चालन गरेको छ । भक्तपुर नपा गपलीस्थित भक्तपुर पार्टी भेन्यूमा सञ्चालन भएको उक्त खोप कार्यक्रममा भेरोसेल खोपको बुस्टर डोज दिइएको हो । कोभिड १९ संक्रमण विरुद्धको बुस्टर डोज उद्यमी व्यवसायीलाई पनि प्राथमिकतामा राखेर दिइनु पर्ने माग अनुरुप कार्यक्रम सञ्चालन गरेको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरले बताए । स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा भएको उक्त कार्यक्रममा भक्तपु
कोरोना भाइरस विरुद्ध लगाइने खोपमा पर्यटन व्यवसायीलाई प्राथमिकतामा राख्न लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले माग गरेका छन् ।पर्यटन व्यवसायमा संलग्न सबैलाई प्राथमिकतामा राखी ढिलो नगरी खोप लगाउँदै पर्यटन क्षेत्र बिस्तारै खुल्ला गर्र्दै पर्यटन बजारलाई गतिशिल बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने उनीहरुको राय छ ।अन्य क्षेत्र बिस्तारै खुल्ला हुँदा पर्यटकीय स्थलहरु, होटल, रेष्टुरेन्ट साथै पर्यटन सम्बद्ध अन्य […]
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग भेटगरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । महासंघले निषेधाज्ञा र […]
काठमाडौं। पूर्वका व्यवसायीले सुनसरी–मोरङ करिडोरका उद्योगीलाई खोपको प्राथमिकतामा राख्न माग गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै महामारीको समयमा पनि निरन्तर उत्पादन गरिरहेका उद्योगलाई खोपमा प्रथामिकतामा राख्न भनेका हुन्। नेपाल उद्योग परिसंघ, विराट व्यापार संघ र मोरङ व्यापार संघले खोपमा व्यवसायीलाई प्राथमिकतामा राख्न अनुरोध गरेका हुन्।
काठमाडौं। एलपी ग्यास व्यवसायीले आफूहरु सरकारको प्राथमिकतामा नपरेको बताएका छन्। ग्यास अत्यावश्यक वस्तुहरुको सूचीमा परेपनि व्यवसायी र कर्मचारी प्राथमिकतामा नपरेको बताएका हुन्। अत्यावश्यक वस्तुको व्यापार/व्यवसायलाई राज्यले नबुझेको उनीहरुले भनाई छ। हालसम्म सरकारले ग्यास व्यवसायीलाई खोप लगाउने निर्णय गरेको छैन।
काठमाडौं। सरकारले पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप अभियानको प्राथमिकतामा राखेको छ। यहीअनुसार अहिलेसम्म देशभरका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन्। ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइएको हो।
वैशाख ९, चितवन । कोरोनाको दोस्रो लहर गुणात्मक रुपमा फैलिन थालेपछि चितवनका उद्योगी व्यवसायीहरु चिन्तित हुन थालेका छन् ।
चितवनमा पनि विद्यालयमा कोरोना संक्रमित भेटिएपछि यहाँका विद्यालय तथा कलेज पनि भौतिक रुपमा बन्द गरिएको छ । यस्तै होटल रेष्टुरा पनि राती अबेरसम्म खोल्न स्थानीय प्रशासनले निषेध गरेको छ । पार्टी प्यालेस, सभा तथा अन्य जमघट हुने स्थानमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा बढी भेला हुन नपाईने आदेश र अनुरोध गरिसकेको छ ।
जसका कारण दिनप्रतिदिन मानिसको चहलपहल तथा गतिविधि पातलिंदै गएको छ । गतबर्षबाट थलिएको उद्योग व्यवसाय लयमा फर्कनै लाग्दा उद्योगी व्यवसायीलाई कोरोनाको त्रास भन्दा लकडाउन हुन्छ कि भन्ने चिन्ता थपिएको छ । यसका लागि उद्योगी व्यवसायीका छाता संस्थाहरुले उद्योगी व्यवसायी तथा स्थानीय प्रशासनसँग छलफल गर्ने तयारीसमेत गरेका छन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ कोरोनाको त्रास फैलिएसँगै उद्योगी व्यवसायीसँग छलफल गरिएको बताउँछन् । ‘हामीले वस्तुगत सँघका व्यवसायीहरुसंँग एक किसिमको छलफल गरिसकेका छौं ’, उनले भने, ‘अब प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दैछौं ।’
लकडाउन गरेमा चितवनमा पछिल्लो समय खुलेका ठूला होटल, रेष्टुरेण्टहरुलाई सबैभन्दा बढी क्षति पुग्ने श्रेष्ठले बताए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग व्यवसाय चलाउन र लकडाउन हुने मनोवैज्ञानिक त्रास नलिन सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको उनले बताए । ‘लकडाउन भएमा नीजि क्षेत्रलाई त असर पर्छनै पर्छ त्यो भन्दा बढी राज्यलाई असर पर्छ’, श्रेष्ठले भने ।
कोरोनासंँग हरेक मानिस अभ्यस्त र अनुभवी भइसकेकोले पनि उद्योगी व्यवसायीलाई पुनः लकडाउन हुन्छ कि भन्ने त्रास पैदा भएको छ । केही दिनदेखिको कारोनाको ग्राफ उक्लिदै जांँदा कतिपय व्यवसायमा यसको प्रभाव परिसकेको छ त कारोबार पनि घट्दै गइरहेको छ ।
‘अहिले उद्योग व्यवसाय ८० प्रतिशत लयमा फर्केको अवस्था थियो, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भने, अब एक महीनामात्रै लकडाउन हुँदा व्यवसाय सन्तुलनमा आउन तीन महीनाभन्दा बढी समय लाग्छ । दैनिक ५ हजारभन्दा कम संक्रमित भए लकडाउन नहुने र गर्न नहुने उनले तर्क गरे । लकडाउन अन्तिम विकल्प नभएको भन्दै सरकार तथा निजी क्षेत्रले यस विषयमा समयमै समन्वय गरेर अघि बढ्नु पर्ने पौडेलले बताए ।
दोस्रो लहरको कोरोना भाइरस फैलिएका कारण व्यापार व्यवसायको कारोबारमा दैनिक रुपमा ह्रास आएको छ । एकातिर व्यवसायीले तिनुपर्ने रकम तिर्न सकेका छैनन त उठ्नुपर्ने रकमसमेत उठ्न सकेको छैन । व्यापारमा निर्भर व्यवसायीहरु पनि खरीदविक्रीमा असन्तुलन देखिसकेको बताउँछन् ।
चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराई भारतमा देखिएको नयांँ प्रकारको कोरोना भाइरसका कारण मनोवैज्ञानिक रुपमा स्वास्थ्य र व्यवसाय दुबैमा असर पुगिसकेको बताउँछन् ।
विस्तारै गतिलिएको व्यवसायलाई थप लगानी गर्न र व्यवसाय विस्तार गर्न व्यवसायीहरु पछि हटिसकेको उनले बताए ।
‘अब के हुन्छ भन्ने व्यवसायीहरुमा त्रास छ’, भट्टराईले भने, ‘पहिलेको जस्तो सरकारले लकडाउन गरे हाम्रो व्यवसाय पुरै सखाप हुन्छ ।’ सरकारले लकडाउनलाई नै प्राथमिकतामा नराखेर अन्य विकल्प अपनाउनु पर्ने उनको धारणा छ ।
‘उद्योग व्यवसायको लागि लकडाउन गर्नै हुन्न । यसको विकल्प तत्काल खोजिनु पर्छ । लकडाउनलाई अन्तिम विकल्पको रुपमा प्रयोग गरिनुपर्छ’, उनले भने ।