पर्यटन व्यवसायी कोरोना खोपको प्राथमिकतामा

काठमाडौं। सरकारले पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप अभियानको प्राथमिकतामा राखेको छ। यहीअनुसार अहिलेसम्म देशभरका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन्। ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइएको हो।

सम्बन्धित सामग्री

वीरगञ्जका होटल व्यवसायी र कर्मचारीले लगाए कोरोना खोप

२६ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको खोप लगाएका छन् । होटल मकालुमा मंगलबार ४५० जना व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले होटल व्यवसायी र कर्मचारीहरुलाई खोप प्रथमिकताका साथ उपलब्ध गराइदिन सरोकारवाला निकायसँग माग गरेको थियो । […]