खोटाङ : चिकित्सकले दिएको निर्धारित समयअगावै सुत्केरी व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवगाढी नगरपालिका–२ की ३० वर्षीया शान्ता विकलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरी काठमाडौं पठाइएको हो।उनलाई चिकित्सकले दिएको बच्चा जन्मने समयभन्दा अगाडि नै व्यथा लागेपछि स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नहुने देखिएपछि उनको उद्धारका ला