भौगोलिक हिसाबले विकट चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी पुगेका छन् । चीनसँग सीमा जोडिएको चुमनुव्रीका मतदान केन्द्रमा कम्तीमा ५ दिन हिँडेर कर्मचारी र सुरक्षाकर्मी पुगेका हुन् । उनीहरूले साथमा मतपेटिका, मतपत्रलगायत निर्वाचन सामग्री बोकेर लगेका थिए ।