पार्टीलाई जेठ २ मा फर्काउन ओली सहमत हुनुभएको छ: नेपाल

काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ मा फर्काउन सहमत भएको बताएका छन् । कोरोनाविरुद्धको खोप लगाउन संसद् भवन पुगेका नेता नेपालले ओली आफ्नो पक्षको बटमलाइनमा सहमत भएको बताएका हुन् । त्यस्तै, पार्टी मोडालिटीका विषयमा छलफल गर्न कार्यदल बनाउने सहमति भएको उनले जनाए […]

सम्बन्धित सामग्री

एकतापूर्वको जिम्मेवारीमा पुनर्बहाली नहुँदा अन्योलमा एमालेको तेस्रो धार

आन्तरिक विवाद समाधानका लागि ७ भदौमा एमाले अध्यक्ष केपी शर्मा ओली १० बुँदे कार्यान्वयन र पार्टीलाई जेठ २ अघिको संरचनामा फर्काउन तयार भएपछि माधव नेपाल पक्षका अधिकांश दोस्रो पुस्ताका नेता एमालेमै क्रियाशील भएका थिए । तर, अहिले ओलीले पार्टी संरचनालाई जस्ताको तस्तै जेठ २ मा फर्काउन आनाकानी गरेपछि पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरू अन्योलमा परेका छन् ।  एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले एमालेलाई २०७५ को जेठ २ को संरचनामा फर्काउन नसकिने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।  भदौ २२ गते पोखराम...

ओली-नेपाल ‘इगो’ले एमाले एकता टर्दै

काठमाडौं : नेकपा एमाले एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र दौड चलिरहेको छ। तर एकता जोगिएर अघि बढ्ने अवस्था भने छैन। माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एकतालाई जोगाउन लचिलो भएको भन्दै पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एकलौटी बैठक पनि राखेका थिए। तर नेपाल समूहले ओलीले राखेको बैठक अस्वीकार गरेपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर

पार्टी फुटमा लागेकाहरुलाई जिम्मेवारी दिन सकिँदैन : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटमा लागेकालाई जिम्मेवारी दिन नसकिने बताएका छन् । उनले माधव नेपाल पक्षले दावी गरेजस्तो २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन नसकिने बताए । पार्टी केन्द्रीय कमिटी बैठकलाई शनिवार सम्वोधन गर्दै महासचिव पोखरेलले कसैको नाम नलिइ केही नेताहरु पार्टी विभाजनको खेलमा लागेको आरोप लगाएका हुन् ।  'माधव नेपाल र झलनाथ खनाल पक्षले भन्दैमा जेठ २ मा फर्किन सकिदैन, पार्टी फुटमा लागेका साथीहरूलाई जिम्मेवारी दिन सकिदैन’पोखरेलले भने । महासचिव पोखरेलले बैठकमा संगठनात्म...

बालुवाटारमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक, माधव नेपाल समूह गएन

काठमाडौं।नेकपा(एमाले)को केन्द्रीय कमिटिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन्।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका छैनन्।नेपाल समूहले अझै अध्यक्ष केपी शर्मा ओलीसँग केही कुरामा छलफल गर्न बाँकी रहेको जनाउँदै आजको बैठक बहिष्कार गरेको हो। पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन पर्ने माग नेपाल पक्षले राख्दै आएको छ।

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि २ जेठकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत भएका हुन् । गत २३ फागुनमा सर्वोच्च अद

एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी

काठमान्डाैं / नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो। एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउन माग गर्दै आएको थियो।... The post एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी appeared first on Purbeli News.

एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी

नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो।एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउन माग गर्दै आएको थियो। ओलीले त्यसलाई बेवास्ता गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाएर चुनौती दिएको थियो। त्यतिमात्र नभएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपछि अध्यक्ष

नेपाल समूहको अल्टिमेटम सकियो, सिंहदरबारमा सांसदहरू भेला हुँदै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ। आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन्‌।नेपाल समूहकी सांसद पवित्रा निरौला खरेलले संसदहरू संसद सचिवालय सिंहदरबा

ओलीले ढोका बन्द गरे नेपाल पक्षको राजीनामा

एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।राजीनामा दिने उद्देश्यले निर्वाचित र समानुपातिक गरी नेपाल पक्षका सबै सांसदले हस्ताक्षर गरिसकेको स्रोतको दाबी छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले