काठमाडौं : नेकपा एमाले एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र दौड चलिरहेको छ। तर एकता जोगिएर अघि बढ्ने अवस्था भने छैन। माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एकतालाई जोगाउन लचिलो भएको भन्दै पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एकलौटी बैठक पनि राखेका थिए। तर नेपाल समूहले ओलीले राखेको बैठक अस्वीकार गरेपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर