८ मंसिर, काठमाडौं । प्रतिधिसभामा दलहरुको आकार प्रष्ट हुँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे । बिहीबार दिउँसो भएको फोन सम्वादका क्रममा दुई नेताले प्रतिनिधिसभा सदस्य चुनिएकोमा एकअर्कालाई बधाई दिए । ओलीले भेटेर कुराकानी गर्ने प्रस्ताव राखे, जवाफमा प्रचण्डले चुनावी परिणाम आइसकेपछि छलफल हुनसक्ने जवाफ दिए […]