कैलाली – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।
आज बुधवार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँगको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलकाे नै गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या समाधान गर्ने बताउनुभयो । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ ...