काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कारण नागरिकता विधेयक अघि बढ्न नसकेको बताउनुभएको छ ।
जनकपुरमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले मधेसका कयौँ व्यक्ति नागरिकता विहीन भइरहेको अवस्थालाई अन्त्य गर्न सरकारले विधेयक संसदमा पेश गरे पनि एमालेको अवरोधका कारण अगाडी बढ्न नसकेको आरोप लगाउनुभयो । उहाँले संसदको अवरोध खुल्नासाथ नागरिकता विधेयक अघि बढ्ने दाबी गर्नुभयो । अब संसद अवरोध भइरहे पनि नागरिकता विधेयक पेश गर्ने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल...