नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री मंगलबारबाट धमाधम नेपाल भित्रन थालेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेका छन्।