वीरगञ्ज । पछिलो पटक चीनबाट ल्याइएको कुल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपी नेपाल भिœयाउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भिœयाउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको छ ।
नेपालमा विशेषगरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ । वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् । कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारि भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो ।
सीमापारि भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल (डीएपी) अब तत्काल नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार यसपटक भित्रिएको कुल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपीमध्ये ९ हजार भैरहवा नाकाबाट, ९ हजार ५०० वीरगञ्ज नाकाबाट र ६ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिनेछ ।
यस पटक भित्र्याइएको रासायनिक मल डीएपी विशेषगरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ । भारतीय सप्लायर्स कम्पनी इञ्जियन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डीएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भू–भागमा पर्दछ । नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ । रासस