तातोपानी नाकाबाट पनि अक्सिजनसहितका स्वास्थ्य सामग्री भित्रिँदै

काठमाण्डाै - चीनले अनुदानमा दिएको अक्सिजनसहितका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिन थालेका छन् । हिजो यो नाका हुँदै ८ सय भरी अक्सिजनका सिलिन्डर र ८ सय खाली सिलिन्डरसहितका स्वास्थ्य सामग्री आएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । यसअघि गएको ८ गते यो नाकाबाट लिक्विड अक्सिजनसहित स्वास्थ्य सामग्री भित्रिएको थियो । यो नाकाबाट ३० हजार लिटर लिक्वड अक्सिजन नेपाल भित्रिसकेको छ । अहिलेसम्म तातोपानी नाकाबाट दुई पटक अनुदानका स्वास्थ्य सामग्री भित्रिएको छ । चीनले अनुदानमा दिने बाँकी सामग्री आउने ...

सम्बन्धित सामग्री

तातोपानी आइपुग्यो व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर

तातोपानी नाकाबाट सोमबार दिउँसो १२ बजे अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भित्रिएका छन् । नेपाली व्यापारीले चीनको स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिन्डर चिनियाँ कन्टेनरमार्फत् ल्याएका हुन् ।

तातोपानी आइपुग्यो २५ सय सिलिण्डर अक्सिजन, आजै काठमाडौं आइसक्ने

विजय नेपालतातोपानी / काठमाडौं : नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर अक्सिजन नेपाल आइपुगेको छ। १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो।चीनबाट आजै नेपाल प्रवेश गरेको आठवटा कन्टेनरमध्ये दुईवटामा अक्सिजन सिलिन्डर र एकवटामा माक्स लगायतको स्वास्थ सामग्री नेपाल आइपुगेको हो। बाँकी ५ कन्टेनरमा भने स्याउ आइपुगेको हो।तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं पुर्‍याउनेछन्। स्वास्थ्य सामग्री क्युमा पनि नराखिने र राजस्व पनि

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै

गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् ।

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात निरन्तर

१२ वैशाख, काठमाडौं । तातोपानी नाका सञ्चालनमा आएपछिको आधा महिनामा हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन्। नाका सञ्चालनको १६ दिनमा कोभिड १९ विरुद्ध लड्न प्रयोग हुने ११ प्रकारका हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रिएको …

तातोपानी नाकाबाट आयात-निर्यात सहजरूपमा गर्ने निर्णय

मेलम्ची, नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो निर्णय भएको हो । बैठकको निर्णयबारे ...

तातोपानी नाकाबाट आयात-निर्यात सहजरूपमा गर्ने निर्णय

मेलम्ची । नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो निर्णय भएको हो । बैठकको निर्णयबारे जानकारी दिँदै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा पुग्न नपर्ने बताउनुभयो । …