काठमाडौं : जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। प्रतिवादी केशव तुलाधरलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको हो।न्यायधीश भोलानाथ ढकालको इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको हिरासतमा १८ जना थिए। अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।अन्य प्रतिवादीहरु शिवजी भट्ट र ध्रुव प्रसाद अर्यालसँग