स्टार्टअप एन्ड इन्नोभेसन फेस्ट आज, ४० बढी स्टल रहने

स्वदेशमै नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले शनिबार काठमाडौँको प्रेसिडेन्सियल बिजनेस स्कूलमा आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन फेस्टको आयोजना हुँदैछ ।लिभिङ विथ आइसिटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आइसिटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूको फेस्टमा सहभागि हुनेछन् ।आइसिटी अवार्डको छैटौँ संस्करणअन्तर्गत केही समयअघि अनलाइन आवेदन खुल्ला गरिएको थियो । विभिन्न ११ विधामा ३५० भन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको र त्यसमध्ये स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा दुई चरणको छनौटपश्चात् छानिएका उत्कृष्ट १० प्रतिस्पर्धीहरूले फेस्टमा आफ्नो प्रडक्ट तथा इन्नोभेसन प्रस्तुत गर्नेछन् ।प्रदर्शनीमा ४० बढी स्टार्टअप तथा इन्नोभेसन स्टल रहनेछ । नेपाल इन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्य, हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती र एप्लाईजबका अध्यक्ष राजेन्द्र गिरीले स्टार्टअपहरूलाई मेन्टरिङ गरिसकेका छन् । एफवान सफ्ट आइसिटी अवार्ड २०२१ इन एसोसिएसन विथ जिनस, पावर्ड वाई ह्वावे कार्यक्रममा विभिन्न ३ विधामा उत्कृष्ट १० तथा ११ को नाम घोषणा गरिएको छ । आइसिटी अवार्डको जुरी समितिले स्टार्टअप आइसिटी अवार्ड उत्कृष्ट १० तथा राइजिङ स्टार इन्नोभेसन र प्रोडक्ट आइसिटी अवार्डको उत्कृष्ट ११ को नाम सार्वजनिक गरेको हो ।जुरी समितिले विभिन्न चरणको मूल्यांकन पश्चात् उत्कृष्ट १० र ११ को घोषणा गरेको हो । लिभिङ विथ आइसिटी आयोजना गरेको आईसिटी अवार्डमा सूचना प्रविधि क्षेत्रका १२ जना विज्ञहरूको जुरी समिति र १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।स्टार्टअप आइसिटी अवार्डको उत्कृष्ट १० मा बगभी सफ्टवेयर टेक्नोलोजिज प्रालि, दुल्वा एक्सपेन्डिचर, हाम्रो लाइफ बैंक, हाउस अफ बुक्स प्रालि, काल्की आईओटी सोलुसन प्रालि, खेती भेन्चर्स प्रालि, निर्माण साथी टेक्नोभेसन प्रालि, पुर्‍याउन सर्भिस प्रालि, सजिलो ट्रिप प्रालि, युजी बजार प्रालि पर्न सफल भएका छन् ।त्यस्तै राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डको उत्कृष्ट ११ मा एग्रिक्लियर, आस्क म्याटरब, डिजिज प्रेडिक्सन इन मेज प्लान्ट, इन स्याट, आईओटीमा आधारित इकोनोमिकल एयर प्युरिफायर, मेडिकोज इन्टरनेशनल, मुशुर, ओपन पास्ट पेपर, पीके एग्रो ब्लकचेन र रेन्ट अन बाईक परेका छन् ।त्यसैगरी प्रडक्ट आईसिटी अवार्डको उत्कृष्ट ११ मा बाटो, बगभी, आईएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट प्रालि, खेती फुड एप एण्ड खेती फार्म एप, मिखा, एनआईसी एशिया आईसर्भ, प्यान्टस्याट, राहत, सायक, स्मार्ट वेल्थ प्रो र युजी बजार रहेका छन् ।उत्कृष्ट १० मा पर्न सफल सहभागीहरूले स्टार्टअप एण्ड इन्नोभेसन फेस्टमा सहभागी हुन पाउनेछन् । यसैगरी प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा सहभागी भएर उत्कृष्ट ५ छानिने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । स्टार्टअपको प्रवर्द्धनका लागि सीएनईवाईईएफले स्टार्टअप फेस्ट आयोजना गर्न लागेको हो । आउँदो असार ११ गते सोल्टी होटेलमा आयोजना हुने उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ...

बुटवलमा हुँदै छ स्टार्टअप तथा आइडिया फेस्ट

काठमाडौँ। लुम्बिनी प्रदेशको बुटवलमा चैत २३ गते बुधवार ‘इबिमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना हुँदैछ। डिजिटल स्टार्टअप, इन्नोभेसन र आइडियाहरुको बिशेष प्रस्तुति रहने कार्यक्रममा प्रदर्शनी, पिचिंङ, मेन्टरिंङ सेसनहरु संचालन हुनेछन्।