रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–३ पांगामा बसोबास गर्ने एक सुकुम्वासी युवा छाला रोगले थलिएका छन्। लामो समयदेखि यहाँ बस्दै आएका धनबहादुर कामीका छोरा टेकबहादुर कामीलाई छालाको रोगले सताएको छ। तर आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या देखिएको छ। सुरुमा रुकुम जिल्लामा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि बाँके लगिएको थियो। पैसा नभएपछि उनको उपचारमा समस्या भएको छ। आर्थिक अवस्था कमजोर भएकाले कामीको उपचारका लागि सिस्ने–३ का युवाले जनता मावि पोखराका विद्यालय व्यवस्थापन समि