डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत भेटिएका छन् । जिल्ला सदरमुकाम नजिकैको बसपार्कसँग जोडिएको ऋषिखोला सामुदायिक वनभित्र युवक रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी चौकी बागबजारका प्रमुख चन्द्रसिंह धामीले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेका युवक बझाङ्गको चिरबित्थड गाउँपालिका– ३ का जय बहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।