बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउने क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

सम्बन्धित सामग्री

कुलोले बगाउँदा महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु...

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ।मंगलवार बिहान आएको हावाहुरीसँगै हल्का पानीको साथमा परेको चट्याङले रौतहटको मौलापुरमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।...

जुम्लामा एक महिलाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका-४ भुलिगाउँमा कोठामा झुन्डिएर एक महिलाको मृत्यु भएको छ।

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

चट्याङले रौतहटमा ३ महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।...