एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानमाथि १०१ रनको शानदार जित निकालेको छ । बिहीबार राति भएको भारतले विराट कोहलीको शतकमा सहज जित निकाल्न सफल भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो । अफगानिस्तानका लागि इब्राहिम जर्दानले ६४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मुजिव रहमानले १८ रन बनाउँदा राशिद खानले १५ रन जोडे । भारतका लागि भुवनेश्वर कुमारले पाँच विकेट लिए । त्यस्