दमाहा नाचको संरक्षणमा गाउँपालिका

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका स्थानीय दमाहा नाचको संरक्षणमा लागेको छ। परम्परागत रुपमा दमाई समुदायले दमाहा बजाएर नाचिने नाच लोप हुने अवस्था आएपछि महोत्सव आयोजना गरेर गाउँपालिका संरक्षणमा लागेको छ। उक्त गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले पुस्तौँदेखि परम्परागत रुपमा दमाई जाति दमाहा बजाएर नाच्ने दमाहा नाच लोप हुन नदिन कार्यक्रम आयोजना गरेर यसको संरक्षणमा लागेको […]

सम्बन्धित सामग्री

गुन्जियो नौमतीको नौ सुर

नौमती बाजामा सहनाई, दमाहा, ढोलकी, नरसिङ्गा, छ्याली, टेम्का, गुरुदमाहालाई सुर, ताल र रागमा एकरूपता दिन सकिए निकै मीठो सुनिन्छ । सही सुर र तालमा बजाउन नसकिए नौमतीको धुन मधुर हुनुको सट्टा बेसुरा भएर सुन्नै नसकिने हुन्छ । विशेष गरी शुभविवाहमा बजाइने रागहरू मङ्गल धुन, बटुवा ताल, डाँडै राग, पात्ले ताल, दुलही अन्माउने र दुलहाको घरमा दुलही भित्र्याउने बेलापछि मनोरञ्जन गर्ने विभिन्न धुन नौमती बाजामा बजाइन्छ । लोकबाजाका रूपमा सबै क्षेत्रमा लोकप्रिय नौमती बाजा परम्परागत रूपमा अभ्यास हुँदै आएको छ । यस बाजाको प्रशिक्षण सञ्चालन गर्दा सुर, ताल र रागमा आधारित गरिएमा लोकबाजा संरक्षणमा सहयोग पुग्ने धारणा सरोकार संस्था र बाजाविज्ञको रहेको छ । नौमतीको धुनको मिठासलाई सधैँ सुमधुर बनाउन सुर, ताल र रागलाई लिपिबद्ध गरेर अभिलेखीकरण गर्नुपर्ने सुझावसमेत विज्ञको छ ।

लोप हुँदै पञ्चेबाजा

काठमाडौँ,९ माघ । गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्की छिल्लर, सहनाइ र नरसिंहा यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चेबाजा । […]

लोप हुँदै पञ्चैबाजा, नयाँ पुस्ताले बजाउनै छाडे

मुसीकोट– गाउँघरमा हुने विभिन्न सुखद जमघटमा अनिवार्यजस्तै मानिएको पञ्चैबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला नियकायले संरक्षणमा जोड नदिँदा पञ्चैबाजा संरक्षणमा चुनौती थपिएको हो । दमाहा, ट्याम्को, झ्याम्टा, सनई र ढोलकी यी पाँच बाजाको मिश्रित स्वर हो पञ्चैबाजा । विवाह, व्रतबन्ध, पूजाआजा […]