सप्तरी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन्। समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना रहेको भन्दै उनले यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए। उनले जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने दाबी गरे। उनले रोजगारी,