टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए&...