काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।
स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।
नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।
नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ । नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ...