मुस्ताङ - मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ बराबरको स्याउ निकासी भएको छ ।
मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो हप्ता आइपुग्दा प्रतिकिलो एक सय २० देखि ३० रुपैयाँसम्म भएको छ । सरदर प्रतिकिलो एक सय १० रुपैयाँका दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् ।
जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करो...