पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य र नेकपाका केन्द्रिय नेता बाँके निवासी दिनेशचन्द यादवको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका यादवको विहिबार विहान चार बजे निधन भएको उहाँका आफन्त सोहनलाल यादवले बताउनुभयो ।