काठमाडौं, (नेस) । रोल्पा जिल्लास्थित रोल्पा नगरपालिकामा जापानी सहयोगमा निर्मित स्वास्थ्य तालिम केन्द्र सोमबार नेपालस्थित जापानी राजदूतावासका तर्फबाट हस्तान्तरण गरियो । जापानी अनुदान रकम अमेरिकी डलर ८० हजार ३ सय ७५ मा निर्मित सो केन्द्र जापानी सहयोग ‘विपन्न वर्गका लागि मानव सुरक्षा’ शीर्षकअन्तर्गत बनेको राजदूतावासले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । […]